30/08/2026
बाढीपहिरो पीडितहरूप्रति सहयोगको सानो प्रयास:
हालै रसुवा, नुवाकोट लगायतका जिल्लामा बाढी तथा प्राकृतिक विपद्का कारण ज्यान गुमाउनु भएका सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ। शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौँ।
विपद्का कारण बेपत्ता हुनुभएका हरुको शीघ्र खोजी तथा सकुशल उद्धार होस्, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ होस् तथा प्रभावित परिवारहरूको यथाशीघ्र पुनःस्थापना र जनजीवन सामान्यीकरण होस् भन्ने हार्दिक कामना गर्दछौँ।
यस दुःखद घडीमा हामी सबैको सानो सहयोगले पनि पीडित परिवारमा केही आशा र भरोसा थप्न सक्छ भन्ने विश्वासका साथ Ramlal Golchha Eye Hospital Foundation (RLGEHF) का सम्पूर्ण कर्मचारीहरूको तर्फबाट एक दिनको तलब बराबरको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत सहयोग गर्ने निर्णय गरेका छौँ।
यो ठूलो सहयोग होइन, तर पीडामा साथ दिने हाम्रो सानो मानवीय प्रयास हो।
विपद्को यस कठिन समयमा हामी सबैले आफ्नो क्षमताअनुसार हातेमालो गरौँ, सहयोग गरौँ र पीडित परिवारहरूलाई एक्लो महसुस हुन नदिऔँ।
RLGEHF परिवार प्रभावित सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूको साथमा छ। प्राकृतिक विपद् बाट प्रभावित व्यक्तिहरूको नी:शुल्क आँखा उपचार र हामीले सक्ने सहयोग निरन्तर गरिरहनेछौँ।
मानवता नै सबैभन्दा ठूलो धर्म हो।