RJ fashion wholesale or retail

RJ fashion wholesale or retail आर्थिक समय To make people aware from failure in business

05/01/2020

ऊर्जाको अर्को कदमः ग्यास महँगो, बिजुली सस्तो

सरकारले खाना पकाउने ग्यास खरिद गर्दा उपभोक्तालाई दिँदै आएको अनुदान बन्द गर्ने र बिजुलीको महसुल दरलाई सस्तो पार्ने नीति लागू गर्न लागेको छ।
ग्यासमा दिइरहेको अनुदान बन्द गरेपछि ग्यास महंगो हुनजाने र त्यससँगै बिजुलीको प्रयोगलाई सस्तो बनाएर नेपाली समाजमा बिजुलीको खपतलाइ प्रोत्साहित गर्ने उद्देश्यका साथ सो नीति लागु गर्न लागिएको उर्जा मन्त्री वर्षमान पुनले बताए।
‘२० युनिटसम्म प्रयोग गर्ने २० लाख र १० युनिटसम्म प्रयोग गर्ने उपभोक्ता ७ लाख घरपरिवार भएको पाइयो। तीनलाई लक्षित गरि छुट कार्यक्रम ल्याउन लागेका छौं,’ मन्त्री पुनले शुक्रबार पत्रकारहरुसँगको एक भेटघाटमा भने।
१० युनिटसम्म प्रयोग गर्नेलाई न्यूनतम शुल्क ३० रुपियाँ मात्र लिएर बाँकी महशुल निशुल्क गर्ने सोँच बनाएको उनले बताए। ‘त्यसो गर्दा राज्यलाई २१ करोड रुपियाँमात्र व्ययभार पर्ने हो, जुन ठूलो कुरा भएन,’ उनले भने।
त्यस्तै १०० देखि १५० युनिटसम्म बिजुली प्रयोग गर्ने उपभोक्ताहरुको एउटा बर्गिकरण गरी त्यसलाई पनि एउटा सस्तो महशुल दर तय गर्न लागेको उनले बताए। त्यसको मुख्य उद्देश्य इण्डक्सन चुल्हो, वासिङ मेशिनजस्ता घरयाशी प्रयोजनमा आवश्यक पर्ने सामानको प्रयोगलाई बढावा दिन सो नीति लागु गर्न लागिएको उनले बताए।
त्यसै क्रममा वैकल्पिक उर्जा प्रवर्धन केन्द्रमार्फत् करिब १०,००० विद्युतीय चुल्हो अनुदानमा वितरण गर्ने कार्यक्रम रहेको पनि उनले जानकारी दिए।
ग्यासमा गएको अनुदानलाई बिजुलीतिर फर्काउने योजनाअनुरुप यी कार्यक्रमहरु लागु गर्न लागेको उनको भनाई थियो।
नेपालले जलविद्युत उत्पादन वृद्धि गर्दै लगेको र त्यसका लागि आन्तरिक बजारमैं खपत गरेर ग्यास र तेलका लागि विदेशिएको पैसा रोक्ने नीति सरकारले लिएको उनले बताए।
केहि वर्षभित्र निर्माणाधिन आयोजनाहरु सम्पन्न भएपछि नेपाल बिजुलीमा आत्मनिर्भर हुनुका साथै खपत बढाउनुपर्ने स्थितिमा पुग्ने सरकारी अनुमान छ।
तर, अहिले भने नेपालले अपुग बिजुली भारतबाट आयात गर्दै आएको छ। मन्त्री पुनले भारतबाट ल्याएकै बिजुली प्रयोग गर्दा पनि ग्यासभन्दा सस्तो पर्ने बताए।
यी सबै कार्यक्रमहरु संभवतः आउने बजेटसँगै लागु हुने मन्त्रीले बताए।

22/11/2019

डेढ अर्ब लगानीमा औषधी उद्योगहरु खुल्दै

चालु बर्षको तीन महिनाको अबधीमा उद्योग विभागमा तीन ओटा लगानीकर्ताले आवेदन दिएका छन । विभागका अनुसार ३ वटा उद्योगमा १ अर्ब ८९ करोड ३४ लाख रुपैया लगानी हुने छ भने २९१ जनाले रोजगारी पाउनेछन ।
विभागले सबैभन्दा ठुलो उध्योग ललितपुरको गोदावरीमा खुल्ने बताएको छ । उक्त उद्योगमा धर्मेन्द्र अग्रवाल र दिपकुमार टिवडेवालले लगानी गर्ने भएका छन । करिब १ अर्ब ३० करोड १९ लाख ७३ हजार उक्त औषधी कम्पनीमा लगानी हुने अनुमान गरिएको छ ।
२ करोड ५० लाख ट्याबलेट, ८० लाख क्याप्सुल, ३ करोड ५० लाख आइन्टमेन्टस ट्युव र ८ करोड ईन्जेक्टेबल उत्पादन गर्ने उदेश्य सहित डेरेन फर्मास्युटिकल प्रालिले औषधी उद्योग खोल्ने जनाएको विभागले बताएको छ । विभागका अनुसार उक्त कम्पनीले १८४ जनालाई राजगारी समेत दिने बताएको छ ।
फार्मेनिक्स लाइफ साइन्सेस प्रालि ३५ करोडको लगानीमा सुनसरीको दुहवीमा औषधि उद्योग खोल्ने भएको छ । उक्त कम्पनीले १० करोड ट्याब्लेट, ५ करोड क्याप्सुल, २५ लाख ओइन्टमेन्ट्स ट्युव उत्पादन गर्ने बताएको छ ।
त्यस्तै काभ्रेको बनेपामा स्यज कुमार यादव लगानीमा औषधी उद्योग खुल्ने भएको छ । यो उद्योगमा २४ करोड १४ लाख ४८ हजारको लगानी हुनेछ भने ५ करोड ट्याबलेट, १ करोड क्याप्सुल, ५ हजार किलोलिटर लिक्विड ओईन्टमेन्ट्स ट्युव २० लाख र ५० हजार केजी पाउडर उत्पादन गर्ने छ ।
साथै कम्पनीले ६२ जनालाईरोजगारी दिने पनि उल्लेख गरेको छ ।

Address

Gongabu
Kathmandu

Telephone

+19867020642

Website

Alerts

Be the first to know and let us send you an email when RJ fashion wholesale or retail posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to RJ fashion wholesale or retail:

Shortcuts

Share