नयाँ दृष्टिकोण

नयाँ दृष्टिकोण सत्य, निष्पक्ष र तथ्यमा आधारित समाचार ,
नयाँ सोच, नयाँ दृष्टिकोण

“नयाँ दृष्टिकोण खबर एक डिजिटल समाचार प्लेटफर्म हो जसले नेपाल तथा विश्वका ताजा घटनाहरूलाई छिटो, सत्य र स्पष्ट तरिकाले प्रस्तुत गर्दछ।
हामी तपाईंलाई सधैं अपडेट राख्न प्रतिबद्ध छौं।”

रा.स्व.पाको महिला उपसभापति पदमा सोबिता गौतम र तोसिमा कार्कीबीच प्रतिस्पर्धा हुने भएको छ। कसले जित्ला त? 😲
26/06/2026

रा.स्व.पाको महिला उपसभापति पदमा सोबिता गौतम र तोसिमा कार्कीबीच प्रतिस्पर्धा हुने भएको छ। कसले जित्ला त? 😲

सामाजिक सञ्जालमा एक युवतीलाई खुकुरी देखाएर डरधम्की दिँदै कुटपिट गरेको भिडियो पोस्ट गर्ने युवकलाई प्रहरीले लागुऔषधसहित पक...
17/06/2026

सामाजिक सञ्जालमा एक युवतीलाई खुकुरी देखाएर डरधम्की दिँदै कुटपिट गरेको भिडियो पोस्ट गर्ने युवकलाई प्रहरीले लागुऔषधसहित पक्राउ गरेको छ।
दाङको तुलसीपुर उपमहानगरपालिका–२ भंके निवासी २४ वर्षीय रमेश ठाडा मगरलाई इलाका प्रहरी कार्यालय तुलसीपुरको टोलीले पक्राउ गरेको हो। उनले एक युवतीलाई जंगल क्षेत्रमा लगेर खुकुरी देखाउँदै धम्क्याएको, कुटपिट गरेको तथा आपत्तिजनक शब्द प्रयोग गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले कारबाही अघि बढाएको हो।
जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डा. हेम केसीका अनुसार आरोपीलाई उनकै घरबाट विभिन्न प्रकारका लागुऔषध ट्याब्लेटसहित नियन्त्रणमा लिइएको छ।
घटनामा संलग्न रहेको आरोपमा २१ वर्षीय जिबराज खत्रीलाई समेत पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। पीडित युवतीको स्वास्थ्य अवस्था भने सामान्य रहेको बताइएको छ।
प्रहरीका अनुसार घटनाको प्रकृति हेर्दा आरोपीविरुद्ध कुटपिट, आपराधिक धम्की, लागुऔषधलगायत ३–४ वटा फरक प्रकृतिका मुद्दा आकर्षित हुन सक्ने देखिएको छ।
सामाजिक सञ्जालमा भिडियो सार्वजनिक भएसँगै घटनाको चौतर्फी आलोचना भएको थियो। त्यसपछि प्रहरीले तत्काल अनुसन्धान सुरु गर्दै मुख्य आरोपीलाई नियन्त्रणमा लिएको हो।
प्रहरीले सामाजिक सञ्जालमा हिंसा, धम्की वा आपराधिक गतिविधि प्रदर्शन गर्ने जोसुकैमाथि कानुनअनुसार कडा कारबाही गरिने चेतावनी दिएको छ।

२० महिनामा ५८ प्रतिशत काम, अब आफ्नैको खुट्टा पनि भाँचिन्छ?भौतिक पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले सडक निर्माणमा अवर...
17/06/2026

२० महिनामा ५८ प्रतिशत काम, अब आफ्नैको खुट्टा पनि भाँचिन्छ?
भौतिक पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले सडक निर्माणमा अवरोध गर्ने ठेकेदारको ‘खुट्टा भाँच्न’ निर्देशन दिएको अभिव्यक्ति विवादमा परिरहेका बेला बुटवलमा अर्को प्रश्न उठेको छ— यस्तै कडा चेतावनी आफ्नै दलका सांसद तथा निर्माण व्यवसायी तौफिक खानमाथि पनि लागू हुन्छ कि हुँदैन ?
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रूपन्देही–५ का निर्वाचित सांसद तौफिक खान बुटवलको राजमार्ग चौराहा–गोलपार्क सडक निर्माणको ठेकेदार पनि हुन्। एक वर्षभित्र सम्पन्न गर्ने गरी सम्झौता गरिएको सडक निर्माण २० महिना पुग्दा पनि करिब ५८ प्रतिशत मात्र सम्पन्न भएको छ।
बुटवलवासीका लागि यो सडक केवल पूर्वाधारको विषय होइन, दैनिक जीवनको पीडा बनेको छ। धुलो, हिलो, ट्राफिक जाम र व्यापारिक क्षतिले स्थानीयहरू वर्षौंदेखि सास्ती खेपिरहेका छन्। २०७३ सालमा सुरु भएको यो सडक आयोजना पहिलो निर्माण कम्पनीको चरम ढिलासुस्तीका कारण २०८१ मा ठेक्का तोडेर पुनः नयाँ कम्पनीलाई जिम्मा दिइएको थियो।
त्यसपछि बाबुल दर्शन मालिका जेभीसँग ३३ करोड ३७ लाख रुपैयाँभन्दा बढीको लागतमा बाँकी काम सम्पन्न गर्ने सम्झौता भयो। उक्त कम्पनीको तर्फबाट सांसद तौफिक खान स्वयंले सडक डिभिजन कार्यालयसँग सम्झौतामा हस्ताक्षर गरेका थिए। तर दोस्रो पटकको ठेक्का अवधिमा पनि निर्माणले अपेक्षित गति लिन सकेको छैन।
सडक डिभिजन कार्यालयका अनुसार मुख्य लेनमा सब-बेसको काम, कालोपत्रे, नाली, रेलिङ र सर्भिस लेनका काम अझै बाँकी छन्। निर्माण कम्पनीले नदीजन्य पदार्थ अभावको कारण देखाए पनि कार्यालयका अधिकारीहरू त्यसलाई पर्याप्त कारण मान्न तयार छैनन्।
स्थानीय व्यवसायी र सर्वसाधारण भने निराश छन्। अस्पताल लाइनका व्यवसायी रामप्रसाद खरेलका अनुसार अलपत्र सडकले बिरामीदेखि सर्वसाधारणसम्म सबैलाई सास्ती दिएको छ। व्यापार व्यवसायमा समेत गम्भीर असर परेको उनीहरूको गुनासो छ।
यही पृष्ठभूमिमा मन्त्री लम्सालको हालैको अभिव्यक्ति झन् चर्चामा आएको छ। नागढुंगा–मुग्लिन सडक आयोजनाको निरीक्षणका क्रममा उनले बिजुलीको पोल नसारेर काम रोक्ने ठेकेदारको ‘खुट्टा भाँच्न’ निर्देशन दिएका थिए। उक्त अभिव्यक्ति सामाजिक सञ्जालमा व्यापक आलोचनाको विषय बनेको छ।
यसअघि प्रधानमन्त्री बालेन शाहले पनि चुनावी सभामा सडक अलपत्र पार्ने ठेकेदारलाई ‘रूखमा बाँध्ने’ वा ‘खोरमा जाक्ने’ जस्ता अभिव्यक्ति दिएका थिए। विकास निर्माणमा ढिलासुस्ती गर्ने ठेकेदारविरुद्ध कडा भाषण गर्ने राजनीतिक नेतृत्व अहिले आफ्नै दलका सांसदसमेत रहेका ठेकेदारमाथि कति कठोर हुन्छन् भन्ने प्रश्न उठ्न थालेको छ।
बुटवलका नागरिकहरूको जिज्ञासा सरल छ— यदि विकास रोक्ने ठेकेदारविरुद्ध कडा कारबाही हुनुपर्छ भने त्यो मापदण्ड सबैका लागि समान लागू हुन्छ कि हुँदैन ? र यदि हुन्छ भने वर्षौंदेखि अलपत्र रहेको बुटवलको सडक निर्माणको जिम्मा लिएका सांसद तौफिक खानप्रति सरकारको दृष्टिकोण के हो ?
यही प्रश्न अहिले बुटवलको धुलोसँगै राजनीतिक बहसको विषय बनेको छ।


***n

काठमाडौँ आइपुगे शान्ति दूत ‘अलोका’सहित भिक्षुहरूको टोली ,,
15/06/2026

काठमाडौँ आइपुगे शान्ति दूत ‘अलोका’सहित भिक्षुहरूको टोली ,,

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) का विश्वासपात्र मानिने भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालको एक अभिव्यक...
15/06/2026

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) का विश्वासपात्र मानिने भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालको एक अभिव्यक्तिले नयाँ विवाद सिर्जना गरेको छ। विकास निर्माणका काममा ढिलासुस्ती गर्ने ठेकेदारप्रति आक्रोश व्यक्त गर्ने क्रममा उनले प्रयोग गरेको भाषाशैलीमाथि प्रश्न उठ्न थालेको हो।
काठमाडौँको सडक अनुगमनका बोल्दै मन्त्री लम्सालले काम नगर्ने ठेकेदारहरूमाथि कडा टिप्पणी गरेका थिए। सो क्रममा उनले, ‘काम नगर्ने ठेकेदारको खुट्टा भाँच्नुस्, फरक पर्दैन’ भन्ने अभिव्यक्ति दिएका थिए। उनले बिजुली पोल जडानसँग सम्बन्धित काममा भएको ढिलाइप्रति असन्तुष्टि जनाउँदै, “यो बिजुलो पोल वाला ठेकेदार यो धर्तीमा कहाँ छ, त्यसलाई लिएर आउनुस्, त्यसले काम गरेन भने खुट्टा भाँचिदिने,” भन्ने अभिव्यक्ति व्यक्त गरेका थिए।
मन्त्रीको उक्त अभिव्यक्ति सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा व्यापक चर्चा सुरु भएको छ। केहीले विकास निर्माणका काममा वर्षौंदेखि हुने ढिलासुस्तीप्रति जनप्रतिनिधिको असन्तुष्टि स्वाभाविक भएको बताएका छन्। तर अर्कोतर्फ सार्वजनिक पदमा बसेको व्यक्तिले हिंसात्मक र उत्तेजक भाषा प्रयोग गर्नु उचित नहुने भन्दै आलोचना पनि भइरहेको छ।
कानुनी शासन र विधिको शासनको वकालत गर्ने राज्य संयन्त्रकै जिम्मेवार पदाधिकारीबाट यस्ता अभिव्यक्ति आउनुले गलत सन्देश जान सक्ने टिप्पणीसमेत हुन थालेको छ। ठेकेदारमाथि कारबाही गर्ने अधिकार कानुनी प्रक्रियाबाट प्रयोग गर्नुपर्ने भए पनि शारीरिक हिंसाको संकेत गर्ने भाषा प्रयोग गर्नु सार्वजनिक पदको मर्यादासँग मेल नखाने आलोचकहरूको भनाइ छ।
यद्यपि मन्त्री लम्सालको भनाइलाई समर्थकहरूले भने विकास निर्माणमा भइरहेको चरम लापरबाहीविरुद्धको आक्रोशका रूपमा व्याख्या गरेका छन्। तर उनको अभिव्यक्तिले सार्वजनिक पदाधिकारीको भाषा, जिम्मेवारी र कानुनी सीमाबारे नयाँ बहस भने सुरु गराएको छ।

अपि हिमालको मनमोहक फेदीमा युवाहरू क्रिकेट खेलिरहेको दृश्य प्रधानमन्त्री बालेन शाहले सामाजिक सञ्जालमा साझा गरेपछि देशभर य...
15/06/2026

अपि हिमालको मनमोहक फेदीमा युवाहरू क्रिकेट खेलिरहेको दृश्य प्रधानमन्त्री बालेन शाहले सामाजिक सञ्जालमा साझा गरेपछि देशभर यसको चर्चा चुलिएको छ। हिमालको काखमा क्रिकेट खेलिरहेको अद्भुत दृश्यले हजारौँ दर्शकको मन जित्दै नयाँ बहसको सुरुआत गराएको छ।
भिडियो भाइरल बनेसँगै सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले अपि हिमाल क्षेत्रमै अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला निर्माण गर्नुपर्ने सुझाव दिन थालेका छन्। धेरैले यसलाई नेपालको सबैभन्दा आकर्षक र विश्वकै चर्चित क्रिकेट गन्तव्य बनाउन सकिने तर्क गरेका छन्।
यसबीच, सरकारले सुदूरपश्चिमलाई प्रमुख पर्यटकीय केन्द्रका रूपमा विकास गर्ने लक्ष्यसहित विभिन्न कार्यक्रम अघि बढाइरहेको छ। नेपाल पर्यटन बोर्डले पनि अपि–साइपाल क्षेत्रको पदयात्रा मार्ग विकास तथा दिगो पर्यटन प्रवर्द्धनका लागि विशेष परियोजना सञ्चालन गरिरहेको छ।
प्राकृतिक सौन्दर्य, हिमाली दृश्य र खेल पर्यटनको सम्भावनालाई जोडेर अपि हिमाल क्षेत्रलाई अन्तर्राष्ट्रिय पहिचान दिलाउने बहस अहिले तीव्र बन्दै गएको छ। बालेनको एक पोस्टले सुदूरपश्चिमको पर्यटन र पूर्वाधार विकासबारे नयाँ बहस छेडेको छ।



***n

डा. कृष्णमान शाक्य : ४० वर्षभन्दा लामो राजनीतिक अनुभवसहितको बौद्धिक नेतृत्व, रास्वपा बागमती प्रदेश अधिवेशनका खुला सदस्य ...
12/06/2026

डा. कृष्णमान शाक्य : ४० वर्षभन्दा लामो राजनीतिक अनुभवसहितको बौद्धिक नेतृत्व,

रास्वपा बागमती प्रदेश अधिवेशनका खुला सदस्य उम्मेदवार डा. कृष्णमान शाक्य लामो समयदेखि सामाजिक, स्वास्थ्य तथा संगठनात्मक क्षेत्रमा सक्रिय बौद्धिक व्यक्तित्वका रूपमा परिचित छन्।

झण्डै ४० वर्षभन्दा बढीको राजनीतिक अनुभव बोकेका शाक्य स्वास्थ्य क्षेत्रमा विशेषज्ञतासहित जनसेवामा निरन्तर सक्रिय रहँदै आएका छन्। उनले शान्ति नेपालका संस्थापक अध्यक्षका रूपमा समेत सामाजिक विकास र शान्ति स्थापनाको अभियानमा महत्वपूर्ण योगदान पुर्‍याएका छन्।

सरल, स्वाभाविक र व्यवहारिक नेतृत्व शैलीका लागि चिनिने डा. शाक्य बौद्धिक र जिम्मेवार व्यक्तित्वका रूपमा परिचित छन्। संगठनलाई दीर्घकालीन रूपमा सुदृढ बनाउने दृष्टिकोणसहित उनी बागमती प्रदेशको नेतृत्व तहमा नयाँ ऊर्जा ल्याउन सक्षम उम्मेदवारका रूपमा हेरिएका छन्।

उनको अनुभव, स्पष्ट सोच र सामाजिक प्रतिबद्धताले बागमती प्रदेश अधिवेशनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।

“सक्षम, अनुभवी र बौद्धिक नेतृत्व समयको आवश्यकता”




11/06/2026

नया आर्थिक बर्ष २०८३-८४ को बजेट बारे आफ्नो धारणा राख्नुहुदै , , , Bodh Narayan Shrestha !

महाधिवेशनबारे रास्वपाले सबै कमिटीलाई पठायो चेतावनीयुक्त जरुरी परिपत्र, सांसददेखि नेतासम्म रेड जोनमा, को को कारवाहीमा पर्...
11/06/2026

महाधिवेशनबारे रास्वपाले सबै कमिटीलाई पठायो चेतावनीयुक्त जरुरी परिपत्र, सांसददेखि नेतासम्म रेड जोनमा, को को कारवाहीमा पर्न सक्छ ?




काठमाडौंमा 27.5 KM Metro Rail निर्माण गर्नका लागि Railway Department ले DPR गर्ने तयारी सुरु गरेको छ भने यसको लागी अन्तर...
11/06/2026

काठमाडौंमा 27.5 KM Metro Rail निर्माण गर्नका लागि Railway Department ले DPR गर्ने तयारी सुरु गरेको छ भने यसको लागी अन्तर्राष्ट्रिय परामर्शदाता माग गरेको छ । 😮

Source: Railway Department, Nepal

Address

Budhanilkantha 6 Ganaesh Chok Kathmandu
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when नयाँ दृष्टिकोण posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share