11/02/2026
कस्तो बेला चस्मा परिवर्तन गर्ने ?
1. धमिलो देखिन थालेपछि
* टाढा वा नजिक राम्रोसँग नदेखिनु
* बारम्बार आँखा मिच्नुपर्ने अवस्था आउनु
2. टाउको दुख्ने / आँखामा थकान हुने
* पढ्दा, मोबाइल हेर्दा, कम्प्युटर चलाउँदा टाउको दुख्नु
* आँखामा पोल्ने, जलन हुने, पानी आउने
3. पुरानो पावर भएको चस्मा
* १–२ वर्षभन्दा पुरानो चस्मा
* आँखाको पावर समयसँगै परिवर्तन हुन्छ
4. चस्मा बिग्रिएको अवस्थामा
* लेन्समा स्क्र्याच परेको
* फ्रेम बांगिएको
* चस्मा ढिलो–ढालो बस्ने
5. दैनिक काममा असहज भएमा
* ड्राइभिङ गर्दा स्पष्ट नदेखिनु
* पढाइ, अफिसको काम, मोबाइल प्रयोग गर्दा समस्या हुनु
6. डाक्टरको सल्लाह अनुसार
* आँखाको जाँचपछि पावर परिवर्तन भएको देखिएमा
* आँखा अप्रेशन पछि (जस्तै: मोतियाबिन्दु)