Parsa Khabar

Parsa Khabar Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Parsa Khabar, Birgunj.

"पर्सा खबर" – नेपालको ताजा समाचार, भरपर्दो जानकारी र रोचक अपडेटहरू। देश–विदेश, खेल, मनोरञ्जन र राजनीति सम्बन्धी हरेक महत्वपूर्ण समाचारका लागि "Parsa Khabar" लाई फलो गर्नुहोस्!

12/05/2026

पर्सामा ५९.५३ प्रतिशत विद्यार्थी (एसईई) फेल।

पर्सामा एसईई परीक्षामा ५९.५३ प्रतिशत विद्यार्थी अनुत्तीर्ण हुनु जिल्लाको शैक्षिक अवस्था र शिक्षाको गुणस्तरमाथि गम्भीर प्रश्न उठाउने विषय बनेको छ। यो नतिजाले पर्सामा अझै पनि गुणस्तरीय शिक्षा, प्रभावकारी अध्यापन तथा विद्यार्थीको सिकाइ उपलब्धिमा सुधार आवश्यक रहेको संकेत गर्दछ। साथै विद्यालय व्यवस्थापन, शिक्षकको जिम्मेवारी, अभिभावकको चासो र शैक्षिक वातावरणलाई थप सुदृढ बनाउनुपर्ने आवश्यकता पनि यसले देखाएको छ।

एसईईको रिजल्ट हेर्ने कसरी..? मंगलबार नतिजा सार्वजनिक गर्ने तयारी
10/05/2026

एसईईको रिजल्ट हेर्ने कसरी..?
मंगलबार नतिजा सार्वजनिक गर्ने तयारी

04/05/2026

सशस्त्र प्रहरीको १३औं आईजीका रुपमा दर्ज्यानी चिन्ह लगाईसकेपछि पदभारग्रहणका लागि पुजापाठ गरि सशस्त्र हेडक्वार्टर जाने तयारीमा आईजी नारायणदत्त पौडेल !

03/05/2026

रास्वपाले ल्यायो कडा मापदण्ड ! उम्मेदवार बन्न अब परीक्षा अनिवार्य | Ghanti Party New Criteria

एकै पटक पदमुक्त हुने १५९४ मा काे काे परे?
03/05/2026

एकै पटक पदमुक्त हुने १५९४ मा काे काे परे?

02/05/2026

४ जनाको दुःखद मृ त्यु ! बरगी ड्याममा क्रुज दुर्घटनाको पूरा विवरण | Narmada River Accident

गृहमन्त्री सुदन गुरुङको राजीनामा: नैतिकताको सवालमा पद त्यागगृहमन्त्री सुदन गुरुङले आफ्नो पदबाट राजीनामा दिएका छन्। पछिल्...
22/04/2026

गृहमन्त्री सुदन गुरुङको राजीनामा: नैतिकताको सवालमा पद त्याग

गृहमन्त्री सुदन गुरुङले आफ्नो पदबाट राजीनामा दिएका छन्। पछिल्लो समय आफ्नो सेयर लगानीलाई लिएर सार्वजनिक रूपमा गम्भीर प्रश्न उठ्न थालेपछि उनले नैतिकताको आधारमा पद त्याग गर्ने निर्णय गरेका हुन्।

फेसबुकमार्फत आफ्नो निर्णय सार्वजनिक गर्दै गुरुङले २०८२ चैत १३ गतेदेखि जिम्मेवारीपूर्वक काम गरेको दाबी गरेका छन्। ‘Gen Z’ आन्दोलनले उठाएको सुशासन र पारदर्शिताको मागलाई सम्मान गर्दै नागरिकस्तरबाट उठेका प्रश्नहरूको सम्बोधनस्वरूप आफूले मार्गप्रशस्त गरेको उनको भनाइ छ।

पदभन्दा नैतिकता र जनविश्वास ठूलो हुने उल्लेख गर्दै उनले सेयर लगानीसम्बन्धी छानबिन निष्पक्ष होस् र स्वार्थको द्वन्द्व नदेखियोस् भन्ने उद्देश्यले राजीनामा दिएको स्पष्ट पारेका छन्।

राजीनामासँगै उनले केही सञ्चारकर्मीप्रति कटाक्ष गर्दै उनीहरूको लगानी र ‘स्वीट सेयर’ सम्बन्धी तथ्य समयक्रममा बाहिर आउने बताएका छन्। साथै, परिवर्तनको वकालत गर्नेहरूले नैतिक साहस पनि देखाउनुपर्ने उनले चुनौती दिएका छन्।

उनको आकस्मिक राजीनामापछि अब नयाँ गृहमन्त्रीको चयन र आरोपहरूको छानबिन कसरी अगाडि बढ्छ भन्ने विषयमा राजनीतिक वृत्तमा चासो बढेको छ।

20/04/2026

गृहमन्त्री गुरुङको गोप्य सेयर खुलासा: बिचौलिया भट्टसँग व्यावसायिक साझेदारीमा २५ लाख लगानी

नेपाल आयल निगमदेखि मुरली चोकसम्म सडक खाली गर्न २४ घण्टे समयवीरगञ्ज महानगरपालिकाले सडक विस्तार कार्यलाई तीव्रता दिन सम्बन...
19/04/2026

नेपाल आयल निगमदेखि मुरली चोकसम्म सडक खाली गर्न २४ घण्टे समय

वीरगञ्ज महानगरपालिकाले सडक विस्तार कार्यलाई तीव्रता दिन सम्बन्धित क्षेत्रका संरचना हटाउन २४ घण्टे अन्तिम सूचना जारी गरेको छ।

महानगरपालिकाको कार्यालय आदर्शनगर, वीरगञ्जबाट जारी सूचनाअनुसार वडा नं. १२ र १३ (साबिक वडा नं. १५ र १६) अन्तर्गत बाइपास क्षेत्रमा पर्ने नेपाल आयल निगम क्षेत्रीय कार्यालयदेखि मुरली चोकसम्म सडक विस्तार भइरहेको छ। उक्त सडकलाई १० मिटर चौडाइमा विस्तार गर्ने योजनाअनुसार सडकको दायाँ–बायाँ ५/५ मिटर क्षेत्र खाली गरिँदै आएको छ।

यसअघि नै केही संरचना हटाइ सडक निर्माण कार्य अघि बढाइएको भए पनि बाँकी रहेका घरटहरा तथा संरचना हटाउन पटक–पटक सूचना जारी गरिएको महानगरले जनाएको छ। विभिन्न कारणले काममा ढिलाइ भएपछि अब अन्तिम सूचना जारी गरिएको हो।

महानगरले सूचनामा उल्लेख गरेअनुसार, सूचना प्रकाशित भएको मितिले २४ घण्टाभित्र (सोमबार दिउँसो ३ बजेसम्म) सडक क्षेत्रभित्र पर्ने सबै संरचना स्वयं हटाउन आग्रह गरिएको छ। अन्यथा, महानगरपालिकाले कानुनी प्रक्रिया अनुसार बल प्रयोग गरी हटाउने चेतावनी दिएको छ।

19/04/2026

वीरगञ्जमा १३ वर्षपछि सडक विस्तार सुरु | बिहानैदेखि डोजर चल्यो, घरटहरा हटाइँदै

Address

Birgunj

Website

Alerts

Be the first to know and let us send you an email when Parsa Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share