Mirak Fine Leathers

Mirak Fine Leathers Genuine Leather Products

05/08/2026

साहसीक यात्रामा सदैब हजुरहरुको साथमा छ धनगढी सहिद गेटमा रहेको Mirak Fine Leathers एकपटक हामीलाई सेवाको मौका दिनुहोला 🙏🙏🙏 हाम्रो सम्पर्क नम्बर +9779822136038

सम्पूर्ण दिवङ्गत आरोहीहरूप्रति भावपूर्ण श्रद्धाञ्जली । शोकसन्तप्त परिवारजन, आफन्त तथा शुभेच्छुकहरूप्रति हार्दिक समवेदना ...
01/08/2026

सम्पूर्ण दिवङ्गत आरोहीहरूप्रति भावपूर्ण श्रद्धाञ्जली । शोकसन्तप्त परिवारजन, आफन्त तथा शुभेच्छुकहरूप्रति हार्दिक समवेदना ।

31/07/2026
✨खीर खाने दिन ✨साउन १५ ✨२०८३ को हार्दिक मंगलमय शुभकामना 𝐇𝐀𝐏𝐏𝐘 𝐊𝐇𝐈𝐑 𝐊𝐇𝐀𝐍𝐄 𝐃𝐈𝐍
31/07/2026

✨खीर खाने दिन ✨साउन १५ ✨

२०८३ को हार्दिक मंगलमय शुभकामना

𝐇𝐀𝐏𝐏𝐘 𝐊𝐇𝐈𝐑 𝐊𝐇𝐀𝐍𝐄 𝐃𝐈𝐍



30/07/2026

बडिमालीका बाजुरा।कसरी जाने ? पढ्नुहोला 👇️
धनगढी बाट ३२६ किलोमीटरको दुरिमा अवस्थित छ बाजुरा जिल्लाको सदरमुकाम मार्तडी।कालोपत्रे सडक बाटोबाट १०-१२ घण्टाको यात्रामा मार्तडी पुग्न सकिन्छ।
मार्तडीमा होटेल,होमस्टे आदिमा एकरात बसेर तपाईं दोस्रोदिनबाट बडिमालिकाको यात्रा सुरु गर्नुस।समय रहेमा मार्तडी नजिकै रहेको बिरे खोला झरना हेर्न नछुटाउनुहोला।
बडिमालीका को यात्रा -
#पहिलो दिन- मार्तडी बाट लगभग १०-१२ घण्टाको उकालो जंगलको बाटो पैदलमार्ग पारगर्दै सोतापाटन पुग्न सकिन्छ।सोतापाटन पहिलो दिनको बसाई हुने स्थान हो।हरियाली फाँटको सुरुवात सहित पानीको श्रोत भयको यस स्थानमा मेला बाहेकका बेला खर्क(गोठ) मा बस्न सकियपनी मेलाको समय भिड धेरै हुनाले बस्ने बन्दोबस्त आफैले गर्नुपर्छ।
#दोस्रोदिन - सोतापाटन बाट ५-६ घण्टाको यात्रामा सुन्दर हरियाली फाँटमा रमाउदै भेडाको बथानहरु हेर्दै धर्ती र आकाश एकैठाउमा कसरी जोडियको छ हेर्दै त्रिबेणि धाम पुग्न सकिन्छ।यो ५-६ घण्टा स्वर्गको बाटो जस्तै हो आनन्द।त्रिबेणि नजिकै खेतिबेती लगायतका स्थानहरूमा जान अल्छी (थकान लागेको कारण )नगर्नुहोला नत्र पछुताउनुपर्नेछ।यहाँ खान र बस्न पाइन्छ पैसा भने बोकेर जानुहोला।डिजिटल भुक्तानीको कुनै सम्भावना छैन।यो बर्ष नेपाल टेलिकमको 4G सुरु हुँदै छ तरपनी पहिलोपटक के कस्तो छ भन्न सकिन्न।
#तेस्रोदिन- बिहानै उठेर त्रिबेणि नदिमा स्नान गर्दै आफ्ना पितृलाइ सम्झिनुहोला ब्रामण सङ्ग पुजा गराउनुहोला (सम्भव हुनसक्छ) अनि जुम्ला कालिकोट र डोटि राज्यको त्रिबेणिमा पुजा हुँदा लिङ्गो तानातान हुने दृश्य पनि आकर्षक हुन्छ हेर्नुहोला।
त्यसपछी सम्भव भय जल बोकेर बडिमालिका माताको यात्रामा निस्किनुहोला।अब सुरुहुन्छ बडिमालीकाको सबैभन्दा सुदर दृश्यावलोकन गर्ने यात्रा।हतार नगरी बिस्तारै उज्यालो भयपछी हिड्नुहोला नत्र सुन्दर दृश्य हेर्न मिल्दैन।मोबाइल,क्यामेरामा मजाले ब्याट्री फुल राख्नुहोला,पावर बैंक जरुरी छ ।टिकटकमा ड्राफ्ट फरेर लानुहोला हजारै भिडियो फोटो खिचेपनी धित नमर्ने बडिमालिका लाई मजाले कैद गर्नुहोला।लौरी बिनायक,बरमाग्ने हुँदै ५-६ घण्टाको उकालो यात्रा पछि पुगिन्छ बडिमालिका माताको दरबार।बाटोमा यौटा खतरनाक भिरको बाटो छ साहसिक मुटुलाइ आनद र कसैलाई डर पनि लाग्छ।बडिमालिका माताको मन्दिर सङ्गै झोप्रे होटेल तथा बस्नको ब्यवस्थापन हुन्छ पैसा अलिक महँगो भयपनी न्यानो बसाइ हुन्छ। टेन्ट लगायर बस्न पनि सकिन्छ तर यो बर्ष भिड बढिहुने संकेत छ समयमै पुगि हाल्नुहोला। अब तपाईं दर्शन गर्न लाइन लागिहाल्नुस अत्यन्तै भिडले लाइनलाग्दा १०-१२ घण्टा पनि लाग्नसक्छ। बडिमालीकाको भक्त भयर जाने भयका कारण यात्रामा जानेबेला लसुन प्याज माछामासु मदिराको सेवन नगर्नुहोला।जे पनि माता सङ्ग माग्नुस सच्चा मनले मागेको पुगाउने देबिको रुप हो बडिमालिका बाजुरा।
#चौथोदिन - बिहानै उठेर सुन्दर बडिमालिकाको सुन्दरता हेर्नुस मनै आनन्द बनाउने दृश्य सहित स्वर्गमै पुगेको अनुभूति हुन्छ।लगभग ९ बजे सम्म बडिमालिकाको पुजाको हवन सकिन्छ तिलकनै यहाँको प्रमुख प्रसाद हो।तिरक बितरण गर्दा भिडले अस्वभाविक माहोल बनाउने भयको कारण सुरक्षीत रहेर भिडमा रहनुहोला। अलि ढिलो नगरी आफ्नो यात्रा लाई अगाडि बढाउनुस त्यो दिन हामीले १०-१२ घण्टाको ओरालो,उकालो,चिप्लो र हिलो भयको बाटोमा यात्रा गर्दै नाट्टेश्वरी(नाचनथली) पुग्नैपर्छ। नाट्टेश्वरी मन्दिरमा बस्न खान र टेन्ट लागाउन सकिन्छ।तर साथमा टर्छ अनिवार्य हुनुपर्छ किनकी नाट्टेश्वरी पुग्नुभन्दा पहिल्यै जंगलमा रात पर्छ बाटो खोला,कुलो ढुङ्गा भयको चिप्लो छ।
#पाँचौदिन - बिहानै उठेर स्नान गर्नुस आज जनैपूणिर्मा हो मन्दिरमा पुजा गर्नुस लाइन यहाँ पनि लामै हुन्छ।जनै तथा रक्षाधागो लगाउन ब्रामणहरु बसेका हुन्छन उहाँबाट रक्षा धागो ग्रहण टिकाग्रहण गर्दै अब ओरालो लागिहाल्नुस १ घण्टा तल पुगेर गाडी मिल्छ तर भाग्यमानीले यो अवसर पाउछन।सिमित गाडिको कारण।नत्र ३ घण्टाको ओरालो बाटो हिड्नुपर्छ बाम्का पुग्न जहाँ बाट तपाईंले कालोपत्रे बाटो पाउनुहुन्छ र बडिमालिकाको यात्रा सकिन्छ।
#केही बढी जानकारी चाहियमा कमेन्टगर्नुहोला 🙏बडिमालीका माताले सबैको रक्षा गरून् 🙏

20/07/2026

हरियाली मौसममा घुम्नेहरुको सिजन आयसङ्गै ट्रेकिङ,क्याम्पिङ्ग ,फिसिङ्ग लगायत सम्पूर्ण सामानहरु अब धनगढीमै पाइने भयको छ।धनगढी सहिद गेटमा रहेको Mirak Fine Leathers लाई सम्झिनुहोला। सम्पर्क +977 982-2136038

18/07/2026
18/07/2026

यात्रामा रमाउनेहरुका लागी अत्यन्तै जरुरिपर्ने सजिलै आफ्ना अत्यावश्यक सामानहरु राख्नमिल्ने वस्ट्रार ब्याग लगायतका लेदरका सामानहरुका साथै ट्रेकिङ्ग,फिसिङ्ग र स्पोर्ट्स जुत्ताहरुका लागी धनगढी सहिद गेटमा रहेको Mirak Fine Leathers लाई सम्झिनुहोला। हाम्रो सम्पर्क नम्बर - +977 982-2136038


゚viralシ

New arrival branded ladies shoes and sandals
14/07/2026

New arrival branded ladies shoes and sandals

Address

Sahid Gate
Dhangadhi
10900

Opening Hours

Monday 09:00 - 19:30
Tuesday 09:00 - 19:30
Wednesday 09:00 - 19:30
Thursday 09:00 - 19:30
Friday 09:00 - 19:30
Saturday 09:00 - 12:00
Sunday 09:00 - 19:30

Website

Alerts

Be the first to know and let us send you an email when Mirak Fine Leathers posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share