MadhuLaxmi Garment Pvt.Ltd.

MadhuLaxmi Garment Pvt.Ltd. A necessary Garments products supplier at suitable and regional prices.

All kinds of Shop and compare Clothes and Accessories for Men, Women & Children from every brand at MadhuLaxmi Garment Pvt.Ltd.Shop amazing custom products with artwork you choose with prices you'll love. 100% satisfaction guaranteed.The service promotes Wholesale as well as Retail suppliers...........

**-नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना***यो वर्ष  देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा,  आफन्त, इष्टमित्र...
14/04/2026

**-नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना***
यो वर्ष देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा, आफन्त, इष्टमित्र तथा साथिभाइहरुको को जीवनमा सुख, शान्ति, समृद्धि र सफलताले भरियोस्। 🎉

लक्ष्मी पुजा,सुखरात्रि ,कुकुर तिहार अनि नरक चतुर्दशी को हार्दिक शुभकामना !!लक्ष्मी पूजा नेपालका प्रमुख पर्वहरूमध्ये एक ह...
20/10/2025

लक्ष्मी पुजा,सुखरात्रि ,कुकुर तिहार अनि नरक चतुर्दशी को हार्दिक शुभकामना !!

लक्ष्मी पूजा नेपालका प्रमुख पर्वहरूमध्ये एक हो । तिथि अनुसार कार्तिक कृष्ण अमावस्याका दिन यो पर्व मनाइन्छ । नेपालमा यो पर्व लक्ष्मी देवीको पूजा गरी घरभरि दियो बाली मनाइन्छ । नेपालमा यसलाई यमपञ्चकको एक भागको रूपमा मनाइन्छ। वर्षका चार महत्त्वपूर्ण रातहरू मध्ये लक्ष्मी पूजाको रातलाई सुखरात्रि भनिन्छ। यस दिन स्त्री जाति विशेष गरी कुमारी केटीहरूले घरघरै गई भैलो खेल्ने चलन छ। लक्ष्मी धनकी देवीलाई भनिन्छ ।

तेसै गरि कुकुर तिहार वा नरक चतुर्दशी यमपञ्चकको दोस्रो दिन अर्थात् कार्तिक कृष्ण चतुर्दशीको दिन हो।यस दिन मृत्युका देवता यमराजलाई प्रसन्न पार्ने कुकुरको पूजा गर्ने गरिन्छ। कुकुरलाई यमराजको दूत मानिन्छ। कुकुर तिहारको दिन कुकुरलाई टीका तथा घाँटीमा फूलको माला लगाइन्छ। यस दिन कुकुरको सम्मान स्वरूप मासु, दूध, अण्डा र कुकुरको खाना लगायत विभिन्न खाद्य पदार्थहरू खान दिइन्छ।यस दिन कसैले कुकुरप्रति अनादरपूर्ण व्यवहार गरेमा त्यसलाई पाप मानिन्छ।
कुकुरलाई आज्ञापालक एवम् रक्षकको रूपमा लिइन्छ। विभिन्न अपराध गर्ने अपराधीहरू पत्ता लगाउने, अध्ययन-अनुसन्धान गर्ने कार्य पनि कुकुरले गर्दछ। कुकुरले घरको रेखदेख तथा चोर-डाँकाबाट बचाउने कार्य गरी मानिसलाई सहयोग गर्दै आएको पाइन्छ। त्यसैगरी कुनै प्राकृतिक प्रकोप तथा दैवी विपत्ती हुने बेलामा पूर्वसूचना समेत दिन्छ। कुकुरलाई भैरवको बाहन पनि भनिन्छ। कुकुर तिहार विश्वव्यापी रूपमा गैर आवसीय नेपालीहरूले मनाउने गर्छन्।

14/04/2025

नव बर्ष २०८२ साल प्रारम्भको अवसरमा देश विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी एवं दाजुभाइहरुमा सुख, समृद्धि, सुस्वास्थ्य र सफलताको हार्दिक शुभकामना व्यक्त गर्दछु ।

ॐ सर्वे भवन्तु सुखिनःसर्वे सन्तु निरामयाः।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद्दुःखभाग्भवेत।
ॐ शान्तिः शान्तिः शान्तिः॥

12/10/2024

२०८१सालको महान पर्व विजया दशमि(दशै)को उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुहुने आफन्तजन ,मान्यजन ,साथिभाई ईष्टमित्रहरुमा सुख,शान्ति ,समृद्धि , सुस्वास्थ्य एवम् उत्तर-उत्तर प्रगतिको कामना गर्दछौ,,नवदुर्गा भवानिको कृपा वनिरहोस,हार्दिक शुभकामना।।।

सर्व मंगल मांगल्ये शिवे सर्वार्थ साधिके ।
शरन्ये त्रयम्बिके गौरी नारायणी नमोस्तुते ।।

शरणागत दीनार्तपरित्राण परायणे।
सर्वस्यातिहरे देवि नारायण नमोस्तुते।।

सर्वस्वरूपे सर्वेशे सर्वेशक्तिसमन्विते ।
भयेभ्यस्त्राहि नो देवि दुर्गे देवि नमोऽस्तु ते ।।

रोगनशेषानपहंसि तुष्टा।
रुष्टा तु कामान् सकलानभीष्टान्।।

त्वामाश्रितानां न विपन्नराणां।
त्वमाश्रिता हृयश्रयतां प्रयान्ति।।

सर्वाबाधा प्रशमनं त्रैलोक्यस्याखिलेश्वरि।
एवमेव त्वया कार्यमस्मद्दैरिविनाशनम्।।

सर्वाबाधा विर्निर्मुक्तो धनधान्यसुतान्वित:।
मनुष्यो मत्प्रसादेन भविष्यति न संशय:।।

जयन्ती मङ्गला काली भद्रकाली कपालिनी ।
दुर्गा शिवा क्षमा धात्री स्वाहा स्वधा नमोऽस्तु ते ।।

देहि सौभाग्यमारोग्यं देहि देवि परं सुखम् ।
रूपं देहि जयं देहि यशो देहि द्विषो जहि ॥

"विधि को शासन कायम गर्न सक्ने नेताको उद्यय होस साथै हालसम्म का भ्रष्टाचारी हरु को नास होस्" !!आज दशैंको पहिलो दिन, घटस्थ...
03/10/2024

"विधि को शासन कायम गर्न सक्ने नेताको उद्यय होस साथै हालसम्म का भ्रष्टाचारी हरु को नास होस्" !!

आज दशैंको पहिलो दिन, घटस्थापना।
घरघरमा विधिपूर्वक दियो, कलश र भगवान गणेशको स्थापना गर्दै घटस्थापना गरिन्छ। पौराणिक र तान्त्रिक मान्यता अनुसार दुर्गा भवानीको कृपा र आशिर्वाद प्राप्त गर्नको लागि विजयादशमी मनाउने परम्परा रहेको छ।

शुद्ध माटो र गोबरले घरलाई पवित्र बनाई शुभ मुहूर्तमा कलश स्थापना गरेर, त्यसको छेउमा सप्तधान्य (जमरा) बीजारोपण गरिन्छ। आगामी नौ दिनसम्म विभिन्न नामले(आज माँ शैलपुत्रि) शक्तिको पूजा गर्दै दुर्गा भवानीको आराधना गरिन्छ।
शुभ घटस्थापनाको शुभकामना! 🙏 अनि विजय दशमीको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु 🌻🌻🌹🌹🌻

27/10/2023

हार्दिक शुभकामना !!!

07/03/2023

रंगहरुको पर्व होलीको अवसरमा यहाँहरु सबैमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना!!

हिन्दू धर्मावलम्बीहरुले श्रद्धाका साथ मनाउने महाशिवरात्री पर्वको पावन अवसरमा सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु।     ॐ...
18/02/2023

हिन्दू धर्मावलम्बीहरुले श्रद्धाका साथ मनाउने महाशिवरात्री पर्वको पावन अवसरमा सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु।
ॐ नम: शिवाय जय सम्भो !!

Address

Saltering Bazzar
Dhangadhi

Alerts

Be the first to know and let us send you an email when MadhuLaxmi Garment Pvt.Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to MadhuLaxmi Garment Pvt.Ltd.:

Share