05/09/2024
हिजो मलाई "हेर्ने कथा" को "प्रकाशको" कथा हेर्ने अवसर प्राप्त भयो।
यो कथा हेरेर मलाई ४० वर्षपछि पनि धेरै गरिब नागरिकहरूको जीवनमा परिवर्तन नआएको देख्दा निकै दुःख लाग्यो।
साँचो विकास भनेको केवल सडक, भवन वा पूर्वाधारमा मात्र होइन; हरेक नागरिकको जीवनस्तरमा सुधार ल्याउनु हो।
यदि गरिब नागरिकहरूको जीवनस्तरमा कुनै परिवर्तन आएको छैन भने हाम्रो विकास अपूर्ण छ।
हामीले धेरै क्रान्तिहरू देख्यौं, र धेरै नेताहरू तिनै क्रान्तिहरूमा गर्व गर्दछन्।
तर हामीलाई अहिले चाहिएको असली क्रान्ति भनेको हरेक व्यक्तिलाई सम्मान, अवसर र प्रगति सुनिश्चित गर्ने हो, न कि केवल केही व्यक्तिलाई मात्र।