08/02/2021
शीर्षक:ईन्टरनेट
भाग:३
(मेरो यस काल्पनिक कथा ईन्टरनेट कसैको जीवन सङ्ग मेल खाएमा संयोग मात्रै हुनेछ।)
केहिबेर पछिउ सङ्ग बिदा भए म सुते थाहा छैनु चाहिँ सुत्यो या त सुतेन??
अर्को दिन बिहानी मा म अनलाइन आउन सकिन दिउँसो तिर मोबाइल को नोट प्याड मा पुरानो डाएरी नामक कथा टाइपिङ गर्दै थिए त्यसैले म दिउँसो पनि अनलाइन आउन सकिन त्यसैले साझ सबै काम सकेपछि 8 बजेको थियो त्यो बेला मैले नेट अन गरेर हेरे।
सोचेको पनि थिइन कि भोलि पनि उसङ्ग कुरा हुन्छ या उ कुरा गर्न खोज्छ भनेर तर नसोचेपनी उस्तै भएको थियो उसले मलाई धेरै म्यासेज पठाएको थियो।
उसका सबै म्यासेज पढ्न थाले यसरी
हाइ ....
के छ?
के गर्दै हो रसु?
खाना खायौं?
किन नबोलेको नि?
रिसाएको र?
सरि मैले डिस्ट्रब गरे है.....
उसका यी र यस्तै थुप्रै म्यासेज देख्दा खोइकिन किन अजिब महशुस भयो आखिर म अनलाइन नै त थिइन कसरी उसको म्यासेज देख्नु? कसरी उ सङ्ग रिसाउनु म भित्र भित्र हासो उठेको थियो अनि बिनागल्ती उसले सरि भन्दा मनभित्र उ प्रती को केही सोच निस्कियो अनि सम्झिए त्यो मेरो साथी सुजना को कुरा जसले भनेकी थिइन बिनागल्ती कसैले माफी माग्छ भने सम्झिनुहोस उ निस्चल मन को छ अनि उ तिमिसङ्ग नजिक को साथी अर्थात तिमी सङ्ग को केही सम्बन्ध मा रहन चाहन्छ यो कुराले तत्काल उसलाई म्यासेज को रिप्लाई दिन मन लाग्यो तर के रिप्लाई दिउ त्यो भने सोच्नै सकेको थिइन।
मेरो मनले म आफै सङ्ग प्रस्न गर्यो के भनु? भनेर फेरि जवाफ नि मेरो नै मनबाट निस्कियो भन न केही आखिर उ त सङ्ग बोल्न त चाहन्छ नि यहि जवाफ निस्कियो।
असिम सरि म आज अनलाइन आएको थिइन तिम्रो कुनैपनी म्यासेज नै भेटिन बल्ल देखेर रिप्लाई दिएको छु मैले रिसाएर रिप्लाई नदिएको होइन मैले यति लेखेर म्यासेज गरे उ अनलाइन थियो म्यासेज सिन भयो जवाफ आएन।
के गर्दै छौ खाना खायौ फेरि आफैले म्यासेज लेखेर पठाए तर यो पटक म्यासेज सिन भएन केहिबेर कुरे पहिलो म्यासेज सिन गरेर अरु म्यासेज सिन नगरी छाडेर अफ भएछ मलाई चाहिँ कताकता नराइलो महशुस भएको थियो मनले उ रिसाएको हो कि जस्तो मान्दै थियो.......
क्रमशः.........,,,,,,,,,,,,,
-के असिम रिसाएको होला त?
कथाको अर्को भाग यसै पेजबाट आउने छ।
✍️लेखक:राधा लामिछाने चितवन पर्सा।