E-fashion uk Nepal

E-fashion uk Nepal Its online fashion platform. Comming soon...��

FACEBOOK:
www.facebook.com/lugaa1

Our Website:
www.lugaa.com

Available:
Cashmere I Women I Accossories I Hamro Lugaa

😭😭
19/04/2023

😭😭

जारी चलचित्रका लेखक तथा निर्देशक उपेन्द्र सुब्बा लेख्नुहुन्छ:

जारी फिल्म सुखद रुपमा चलिरहेको छ । हिजो छोरीको स्कुल जानु पर्ने थियो ब्यस्तताले जान पाईन । नानीको आमालाई छोरीसँग स्कुल पठाएँ । घर म राति पुगें । घरमा मलाई देख्नसाथ छोरीले आँसु झार्न थालिन्।

मेरो माइली छोरी जाउलाखेलको (DAV) सुशील केडिया विश्व भारती स्कुलमा कक्षा ९ मा पढ्दै थिइन्। परीक्षा राम्रो गरिन् । पढ्नमा अरु विद्यार्थीभन्दा कमजोर भइन । लिइएको परीक्षामा फेल भइछन् । आमा र छोरी vice principal को कोठामा पस्ना साथ यसको बुवा खै ? किन नआएको भनी सोधियो रे । नानीको आमाले बिजि भएर आउन पाउनु भएन भनिछन्। भाइस प्रिन्सिपल सहित अरु दुईजनाले गिज्याएर हाँस्दै, होच्याएर, हेपेर 'यो बच्चालाई हामी पढाउन सक्दैनौं । अन्त स्कुल लानु यहाँ यिनलाई सिकाउने कुनै ओैषधि छैन । यिनले पढ्नै सक्दैन' भनेछन्। पहिला पनि जोशी सरले "पढेर केही गरि खान सक्दैन बरु एउटा स्कुटी किन्दिनु पठाओ चलाएर खान्छ भने" भन्दै आमा छोरी दुवै मसँग रोए ।
यो कुरा मलाई सुनेर रातभरी निन्द्रा लागेन । मनमा अनेक कुरा खेल्यो । आफैसँग रीस पनि उठ्यो । तब देश सम्झें । सरकार सम्झें । देशको शैक्षिक अवस्था सम्झें, शैक्षिक संस्थाहरु सम्झें । गुहार्नलाई साथीभाई सम्झें । फेरि पनि छोरीको आँखाबाट बररर झरेको आँसु आफ्नो आँखाबाट हटेन । कक्षा २ बाट सोही स्कूलमा पढ्दै आएको मेरो छोरीलाई अपमान गर्दै 'पढ्न जान्दैन । यहाँ हामी पढाउन सक्दैनौं अन्तै लैजाउ' भन्नु स्कुलको गैर जिम्मेवारी हो भनेर सम्झें । विद्यार्थी कमजोर हुनुमा ८-९ वर्षदेखि पढाउने स्कुलको पनि दोष हुन् कि विद्यार्थीको मात्रै ? एउटा विद्यार्थी फेल हुँदा ऊभन्दा बढी शिक्षक र स्कुल फेल हुन्छ भनेर पढेको थिएँ। भोलि नै गएर मेरो छोरी होइन, तिमी फेल भएको हो, विद्यार्थीसँग कुरा गर्ने सोमत नभएको तिम्रो अहंकार फेल भएको हो भनेर छोरीको गालामा आँसु नसुक्दै त्यो भाइस प्रिन्सिपलको गाला रन्काइ दिउँ भन्ने म निम्छरो बाउको मनमा झोक नचलेको पनि होइन...
बिहान उठेर शैलेन्द्र डि कार्की सरलाई गुहारें । स्कुल गयौं, भाइस प्रिन्सिपललाई भेट्यौं । के के नै भनौंला भनेर गाको, अनुहार देखेर केही भन्न सकिनँ। सामान्य गुनासो राख्दै छोरीको ट्रान्सक्रिप्ट मागेर आएँ । र यति भनें, 'मेरो छोरीलाई जस्तो व्यवहार अरु विद्यार्थीलाई नगर्नु । हरेक बच्चाहरु क्षमतावान हुन्छन्। एकै किसिमको क्षमता नराखे पनि विशेष क्षमता राख्छन्। बच्चाहरुलाई हत्तोसाही नगर्नु । बच्चाको अघि उस्को अभिभावकसँग बोल्दा सम्मानले बोल्नु, आर्थिकरुपमा गरीब परिवारकै किन नहोस्, नहेप्नु।'

मेरो छोरी पेन्टिङ, गायन, नृत्य, अभिनयमा खुब चासो राख्छिन्। थोरबहुत जान्दछिन् पनि । यस अलावा फिक्सन पढ्न ओैधि रुचि राख्छिन् । मलाई मेरो छोरीलाई ९/१० कक्षा पठाउने स्कुल चाहिएको छ । लाग्ने शुल्क म नियमित तिर्नेछु ।🙏🙏🙏

09/03/2022
08/03/2022

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when E-fashion uk Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share