Celeb Sansar

Celeb Sansar Always controversial, always full of celebrity news, Celebsansar is one of the most popular entertainment sites on the Web today due to aggressive reporter

भारतीय पप गायिका शिवानी भाटियाको सडक दुर्घटनामा मृत्यु भएको छ । सोमबार आग्रामा आयोजित एक कार्यक्रममा सहभागी भएर फर्किने ...
30/01/2019

भारतीय पप गायिका शिवानी भाटियाको सडक दुर्घटनामा मृत्यु भएको छ । सोमबार आग्रामा आयोजित एक कार्यक्रममा सहभागी भएर फर्किने क्रममा उनको कार दुर्घटनामा परेको हो ।
दुर्घटनामा उनका पति गम्भीर घाइते भएका छन् । दुर्घटनाका प्रत्यक्षदर्शी शिव वीर सिंहले कार तेज तफ्तारमा भएका कारण दुर्घटना भएको बताए । प्रहरीका अनुसार कारमा सवार भाटियाका पतिको अस्पतालमा उपचार भइरहेको र भाटियाको उपचारको क्रममा मृत्यु भएको हो ।

चलचित्र ‘गुप्त’मा नायिका सुष्मा कार्कीले आइटम गीतमा नृत्य गरेकी छिन् । ‘म आँख मारिदिन्छु’ बोलको गीतमा सहिमा श्रेष्ठको स्...
30/01/2019

चलचित्र ‘गुप्त’मा नायिका सुष्मा कार्कीले आइटम गीतमा नृत्य गरेकी छिन् । ‘म आँख मारिदिन्छु’ बोलको गीतमा सहिमा श्रेष्ठको स्वर, राज कर्मकारको शब्द तथा साजन शाहको संगीत छ ।
यो चलचित्रमा सुष्माको साथमा भारत कार्की, नाफे खान, सन्दिप सिग्देल, अन्सु थापा लगायतका कलाकारको मुख्य भूमिका छ । राज रोय र भोजराज घिमिरेको निर्देशनमा तयार भएको चलचित्रमा दिपसन डंगोलको छायांकन, शक्ति प्रज्ज्वल घिमिरेको सम्पादन छ ।

माघ २५ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘समर लभ’का निर्देशक मुस्कान ढकाल आफू उपन्यासलाई चलचित्रमा ढाल्दा दर्शक भड्किने गर...
30/01/2019

माघ २५ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘समर लभ’का निर्देशक मुस्कान ढकाल आफू उपन्यासलाई चलचित्रमा ढाल्दा दर्शक भड्किने गरेको कुरामा सचेत रहेको बताउँछन् । चलचित्रमा ‘अतित’को भूमिकामा आशिष पियाले काम गरेका छन् ‘साया’को भूमिकामा रेवती क्षेत्रीले काम गरेकी छिन् । ‘सुस्मिता’को भूमिकामा भने नम्रता सापकोटाले काम गरेकी छिन् । चलचित्रमा लेखकको भूमिका सुरजसिंह ठकुरीलाई देख्न सकिन्छ ।
चर्चित उपन्यास ‘समर लभ’मा आधारित रहेर बनेको चलचित्र ‘समर लभ’को निर्माणपक्षलाई पनि चुनौती छ । चलचित्रको शैलीमा ढाल्दा पुस्तकमा भएका कुरा थपघट हुन सक्ने उनले बताए । मुस्कानले चलचित्रको कमजोरी नै कथामा रहेको भन्दै आफू सचेत भउको सुनाए । खगेन्द्र श्रेष्ठ र इन्दु भण्डारीको लगानीमा बनेको यो चलचित्रको व्यापारले नेपाली कृतीमाथि चलचित्र बनाउने निर्मातालाई हौसला मिल्ने अपेक्षा निर्माणपक्षको छ ।

चलचित्र ‘रणवीर’ सेन्सर पास भएको छ । मंगलबार चलचित्र सेन्सर बोर्डले चलचित्रलाई ‘पिजी’ प्रमाणपत्र दिँदै प्रदर्शनका लागि खु...
30/01/2019

चलचित्र ‘रणवीर’ सेन्सर पास भएको छ । मंगलबार चलचित्र सेन्सर बोर्डले चलचित्रलाई ‘पिजी’ प्रमाणपत्र दिँदै प्रदर्शनका लागि खुल्ला गरेको हो । यही शुक्रबारबाट प्रदर्शनमा आउने यो चलचित्र हेर्न १६ वर्ष मुनिका दर्शकका लागि अभिभावकको साथ चाँहिनेछ । सेन्सर बोर्डले चलचित्र राम्रो बनेको प्रतिक्रिया दिँदै सेन्सर पास गरेको निर्माता गोमा बिस्ट थापाले जानकारी दिइन् ।
निर्माणको समयदेखि नै चर्चामा रहेको यो चलचित्र गोमाले दिपेन्द्र रेग्मीसँग मिलेर बनाएकी हुन् । सुशील सिटौला, सुवेच्क्षा खड्का, सुपुस्पा भट्ट, नरेश पौडेल, टिका पहाडी, रवी गिरी, शैलेश्वरी सिंह, जगदीश रिजाल, बसन्ती भट्टलगायतको अभिनय चलचित्रमा रहेको छ । सुवेच्क्षा र सुपुस्पाले यसै चलचित्रबाट अभिनयमा डेब्यु गर्न लागेका हुन् ।

१० फागुनबाट देशभर प्रदर्शनमा आउने चलचित्र ‘फिङ्गर प्रिन्ट’को ‘चाँहिदैन भो’ बोलको गीत सार्वजनिक गरिएको छ । चलचित्रमा नविन...
30/01/2019

१० फागुनबाट देशभर प्रदर्शनमा आउने चलचित्र ‘फिङ्गर प्रिन्ट’को ‘चाँहिदैन भो’ बोलको गीत सार्वजनिक गरिएको छ । चलचित्रमा नविन निरौलाको लेखन तथा निर्देशन रहेको छ । दीपक लिम्बूको स्वर, दयाराम पाण्डेको शब्द र अर्जुन पोखरेलको संगीत रहेको उक्त गीत रोमानिटक शैलीमा तयार गरिएको छ । गीतमा कलाकार राज क्षितिज र आयुष्मा कार्कीको अभिनय देख्न सकिन्छ ।
आरआर चलचित्रस्ले बितरण गर्न लागेको ‘फिङ्गर प्रिन्ट’ मेडिकल साइन्सको बिषयमा केन्द्रित रहेर निर्माण भएको छ । अनिल श्रेष्ठ ९रोमन०निर्माता रहेको चलचित्रमा कविराज गहतराजको कोरियोग्राफी छ । चलचित्रमा आयुष्मा र राजका अलवा दीपक त्रिपाठी, सरिता लामीछाने, रमेश बुढाथोकी, आनन्द पुन, शंकर आचार्य, अनुरुप पोखरेल, जेसिका भुसाललगायतका कलाकारले अभिनय देख्न सकिन्छ । चलचित्रले मनोरन्जको अलवा सामाजिक सन्देश समेत दिने निर्देशक नविनले बताए ।

जाह्नवी कपूरले २०१८ मा चलचित्र ुधडकु बाट बलिउडमा डेब्यु गरेकी थिइन् । पहिलो चलचित्रबाटै उनी इन्डस्ट्रीमा छाएकी छन् । अहि...
29/01/2019

जाह्नवी कपूरले २०१८ मा चलचित्र ुधडकु बाट बलिउडमा डेब्यु गरेकी थिइन् । पहिलो चलचित्रबाटै उनी इन्डस्ट्रीमा छाएकी छन् । अहिले उनी इन्डियन एयरफोर्सकी पाइलट गुञ्जन सक्सेनाको बायोपिकमा व्यस्त छिन् । योसँगै उनीसँग करण जोहरको मल्टिस्टारर चलचित्र ुतख्तु पनि छ । अहिले भने जाह्नवीको सारा फोकस गुञ्जनको बायोपिकमा छ । क्यारेक्टरमा आफूलाई ढाल्न उनले निकै मिहिनेत गरेकी छन् ।
भारतीय मिडियाका अनुसार, हाल उनी आफ्नो वजन बढाइरहेकी छिन् । फिटनेस र डाइट कन्सियस उनलाई वजन बढाउन निकै मुश्किल भइरहेको बताइएको छ । चलचित्रमा आफूलाई पूरै तरिकाबाट उतार्नका लागि जाह्नवीले आफ्नो करीब ७ केजी तौल बढाउनेछिन् । चरित्रलाई न्याय गर्न जाह्नवीले गुञ्जनसँग पनि थुप्रै पटक भेट गरिसकेकी छन् । गुञ्जनको जिन्दगीको कहानी निकै प्रेरणादायक छ । उनी भारतीय वायु सेनाकी पहिलो महिला हेलीकाप्टर पाइलट हुन् ।

चलचित्र ‘गीत गजल’को एक गीतको हाल गोवामा छायांकन भैरहेको छ । निर्देशक नितिन चन्दले गोवाका रमणीय स्थानमा चलचित्रको गीत खिच...
28/01/2019

चलचित्र ‘गीत गजल’को एक गीतको हाल गोवामा छायांकन भैरहेको छ । निर्देशक नितिन चन्दले गोवाका रमणीय स्थानमा चलचित्रको गीत खिचिएको बताए । गीतमा मुख्य कलाकार रुप पोखरेल र आरोही सिंहलाई फिचर्ड गरिएको छ । ‘गीत गजल’ निर्देशक चन्दको दोस्रो निर्देशकीय चलचित्र हो । आरोहण प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रको छायांकन भैरहेको गीतमा अहिलेका चर्चित संगीतकार अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको गीतमा सुरेश लामा र अञ्जु पन्तको स्वर छ ।
‘छ कि छैन् तिमीलाई थाहा’ बोलको गीतमा निर्देशक स्वंयमको कोरियोग्राफी रहेको छ । भने मुम्बईका मेकअप म्यानले कलाकारको मेकअप गरेका छन् । आरोहण क्षेत्रीले निर्माण गरेको चलचित्र गीत गजलमा रुप र आरोहीका अलवा रश्मी भट्ट, विशाल पहाडी, ओम प्रतीक, आज्ञा करनजीत, सान्तवना भट्टराई, भिमा मैनाली, नारायण पाण्डे, बालकलाकार योगीशा खत्री, सेजल खान लगायतका कलाकारको पनि अभिनय रहेको छ । छायांकनरत गीतलाई सुरेश काफ्लेले छायांकन गरेका हुन् । चलचित्रमा अस्मित पोखरेलको कथा, पटकथा तथा संवाद, बाबु श्रेष्ठको छायांकन, अर्जुन पोखरेलको संगीत, उत्तम बनेपाली र तेन्जीन भुटियाको ड्रेस डिजाइन, सुदीप कुँवरको मुख्य सहायक निर्देशन, अर्जुन जिसीको सम्पादन रहेको छ ।

माघ १८ गतेबाट रिलिज हुने तयारीमा रहेको चलचित्र ‘रणवीर’मा समावेश रोमान्टिक गीत सार्वजनिक गरिएको छ । यो गीतको भिडियोमा चलच...
28/01/2019

माघ १८ गतेबाट रिलिज हुने तयारीमा रहेको चलचित्र ‘रणवीर’मा समावेश रोमान्टिक गीत सार्वजनिक गरिएको छ । यो गीतको भिडियोमा चलचित्रका मुखय कलाकार सुशिल सिटौला र नायिका सुवेक्षा खड्कालाई फिचरिङ गरिएको छ । यो गीतको छायांकन पोखरामा गरिएको हो ।
गीतमा हर्कुलस बस्नेतको शब्द तथा संगीत छ । हर्कुलस र प्रविशा अधिकारीले गीतमा स्वर दिएका छन् । भिडियोलाई गम्भिर बिष्टले कोरियोग्राफी गरेका हुन् । यो चलचित्रमा सुपुस्पा भट्ट , प्रशान्त ताम्राकार , टिका पहाडी , नरेश पौडेल , रवि गिरी , भोलाराज सापकोटा , शैलेश्वरी सिंह लगायतको अभिनय छ । गोविन्द सिंह भणडरीको चलचित्रमा लेखन तथा निर्देशन छ । गोमा बिस्ट थापा र दिपेन्द्र रेग्मीले संयुक्त रुपमा यो चलचित्र बनाएका हुन् ।

सुदर्शन थापाको निर्देशनमा तयार हुन लागेको चलचित्र ‘सम्हालिन्छ कहिले मन’को औपचारिक घोषणा गरिएको छ । काठमाण्डौमा आयोजना गर...
28/01/2019

सुदर्शन थापाको निर्देशनमा तयार हुन लागेको चलचित्र ‘सम्हालिन्छ कहिले मन’को औपचारिक घोषणा गरिएको छ । काठमाण्डौमा आयोजना गरिएको पत्रकार सम्मेलनमा त्रिकोणात्मक प्रेमकथामा आधारित रहने चलचित्रको घोषणा गरिएको हो । यो चलचित्रमा नायिका पूजा शर्मा, नायक आकाश श्रेष्ठ र नव–नायक सोनम तोप्देनको मुख्य भूमिका रहनेछ । साथमा चलचित्रमा गौरी मल्ल, सरोज खनाल र धिरेन शाक्यको पनि मुख्य भूमिका रहनेछ ।
चलचित्रमा अर्जुन पोखरेल र ताराप्रकाश लिम्बुको संगीत, कविराज गहतराजको कोरियोग्राफी, महेश दवाडीको कथा रहनेछ । चलचित्रका लागि अन्य केही कलाकार फाइनल हुन बाँकी रहेको निर्माणपक्षले बताएको छ । फेव्रुअरी ९ बाट यो चलचित्रको छायांकन यूकेमा गरिनेछ । चलचित्रको छायांकन लागि निर्देशक थापासहितको ४ जनाको टिम मंगलबार यूके उड्दैछ भने कलाकारको टोली फेव्रुअरीको पहिलो साता यूके प्रस्थान गर्नेछ । चलचित्रलाई अमित बस्नेतले निर्माण गर्दैछन् । चलचित्रमा, परी राना र अजितकुमार थापा सह–निर्माताको रुपमा छन् भने यो चलचित्रका कार्यकारी निर्माता सनिष खकुरेल हुन् ।

अभिनेता परेश रावलका छोरा आदित्य रावलले पनि चाँडै फिल्ममा आफ्नो अभिनयको जादू देखाउने भएका छन् । परेशका छोरा आदित्यलाई अनु...
27/01/2019

अभिनेता परेश रावलका छोरा आदित्य रावलले पनि चाँडै फिल्ममा आफ्नो अभिनयको जादू देखाउने भएका छन् । परेशका छोरा आदित्यलाई अनुराग कश्यपले लञ्च गरेका हुन् भने फिल्मको नाम 'बमफाड' हो । यो फिल्ममा उनको अपोजिटमा 'अर्जुन रेड्डी' फेम अभिनेत्री शालिनी पाण्डे देखिनेछिन् । फिल्म यूपीको इलाहाबादको एक प्रेमकहानीमा आधारित हुनेछ ।
यो फिल्मको गुपचुपमै छायांकन सकिसकेको छ । अनुराग कश्यपले नभएर यस फिल्मलाई रञ्जन चान्डेलले निर्देशन गरेका हुन् । यो उनको पहिलो निर्देशित फिल्म हो । अनुरागको होम प्रोडक्सनमा फिल्म निर्माण भएको हो । यस वर्षको मध्यतिर फिल्म रिलिज गर्ने तयारी रहेको बताइएको छ । आदित्य डेब्यु फिल्मबाट निकै आशावादी देखिएका छन् ।

३ फागुनबाट देशभर प्रदर्शनमा आउन लागेका चलचित्र ‘जोकर’ले ट्रेलर सार्वजनिक गरेको छ । प्रदर्शन मिति नजिकिदै गर्दा निर्माण य...
27/01/2019

३ फागुनबाट देशभर प्रदर्शनमा आउन लागेका चलचित्र ‘जोकर’ले ट्रेलर सार्वजनिक गरेको छ । प्रदर्शन मिति नजिकिदै गर्दा निर्माण युनिटले अहिले ट्रेलर ल्याएको हो । कमेडीले भरिपुर्ण ट्रेलरमा फिल्ममा मुख्य कलाकर महादेव त्रिपाठी कसरी जोकर बने भन्ने कथा प्रस्तुत गरिएको छ ।
याक इन्टरटेनमेन्ट प्रा लिको प्रस्तुति रहेको फिल्म कलाकार महादेव त्रिपाठीले निर्देशन गरेका हुन् । विशेष पन्तको लेखन, गणेश श्रेष्ठ, कर्णबहादुर तामाङ, केदारप्रसाद रईला, सामन र रेहान तथा कुमार सिलवालको संयुक्त निर्माणमा फिलम तयार भएको हो । रिच ईन्टरटेर्मेण्टबाट करण श्रेष्ठ क्रेजीले वितरण गर्ने फिल्ममा त्रिपाठीसँगै सिम्पल खरेल, सुरेन्द्र केसी ९मुलाको साग०, शिव शंकर रिजाल ९जोगेन्द्र०, अन्जु थापा, नवराज श्रेष्ठ, मेरी बास्यैकी अप्सरा लक्ष्मी श्रेष्ठ, राजेन्द्र गिरी, विनोद राई, बिशेष पन्त, सरु धिमाल, लगायतका कलाकारको अभिनय रहेको छ ।

नायक अनुप विक्रम शाहीलाई प्रहरी अफिसर्सको भूमिकामा देखाइएको चलचित्र ‘कप्स’को प्रदर्शन मिति तय भएको छ । यो चलचित्र चैत्र ...
27/01/2019

नायक अनुप विक्रम शाहीलाई प्रहरी अफिसर्सको भूमिकामा देखाइएको चलचित्र ‘कप्स’को प्रदर्शन मिति तय भएको छ । यो चलचित्र चैत्र ८ गतेबाट रिलिज हुने यसको निर्माणपक्षले बताएको छ । यो चलचित्रमा अनुप डीएसपीको भूमिकामा देखिएको छ ।
यो चलचित्रमा नव–कलाकार सन्दिपा लिम्बुको पनि मुख्य भूमिका छ । साथमा, अमित गिरी, रामराज क्षेत्री, पुरन जोशी, नन्दु श्रीवास्तव, सुन्दर श्रेष्ठ, बब्लु विक्रम थापा, अनुपमा भण्डारी, रोशन सुवेदी लगायतका कलाकारको मुख्य भूमिका छ । आर्या मुभिज र सारा श्री मुभिजको ब्यानरमा निर्माण भएको चलचित्रका प्रस्तुतकर्ता राम शाक्य हुन् । एक्सन तथा लभ स्टोरी कथामा यो चलचित्र बनेको छ । सम्राट सापकोटाले यो चलचित्रको निर्देशन गरेका हुन् ।

Address

Kathmandu
44600

Telephone

01-4427501

Website

Alerts

Be the first to know and let us send you an email when Celeb Sansar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share