15/05/2024
Depression भएका सबैले औषधि खानु पर्छ?
= सबै depression भएकाहरुले औषधि खानु पर्दैन।
यदि:
- Therapy/counseling को course पुरा गरेर, त्यसमा सिकाएको कुराहरु दिनहु प्रयोगमा ल्याउँदा सुधार हुँदै गएको छ भने
- कहिले काहीं mood depressed हुँदा आफ्नो दैनिक जीवनमा त्यति ठुलो असर गरेको छैन भने
- काम, पढाई, सम्बन्ध, परिवारमा कुनै समस्या आएको छैन भने
र
- मनको कुरा बेला बेलामा खोल्नको लागि परिवार र साथीभाई कोहि उपलब्ध छन् भने !
# Depression को औषधि खानै पर्ने अवस्था निम्न हुन सक्छन् :
- यदि एक पटक depressed भएपछि केहिदिनसम्म लगातार रहन्छ र पटक पटक दोहोरिन्छ भने।
- मनभित्रै देखि कुनै कुरामा पनि खुसि महसुस हुँदैन। देखावटी मात्र हाँसो देखाउन परेको छ भने।
- बेलाबेलामा रुन मन लाग्ने भैरहन्छ, धर्धर्ती आँसु आउँछ भने।
- कोहिसंग पनि बोल्न मनै लाग्दैन, केहि गर्ने जाँगरै आउँदैन भने।
- दिमागमा आत्महत्याको कुरा पनि खेल्ने गर्छ। जिउँदा भोग्नु पर्ने मानसिक दुख पिडा असैह्य भएर बरु मरे सम्पूर्ण पिडा समाधान हुने कुरा बारम्बार सोंचाई आउँछ भने।
** यहि depression को कारण मनमा आत्महत्याको कुरा खेलेको छ वा depresion ले गर्दा घर, परिवार, सम्बन्ध, काम आदिमा समेत प्रतक्ष्य असर परेको छ भने तुरुन्त औषधि सुरु गर्नुपर्छ र लगत्तै counseling को आवस्यक्ता पर्छ। यदि यस्तो तपाईं वा तपाईंको परिवारमा भएको छ भने बेलैमा उपचार गराउनुस्। नजिकको अस्पताल लैजानुस्।
[बिदेशमा हुनेहरुको लागि counseling दिन सुरु गरेको छु मैले। ]
१; औषधिको लागि तपाईं बस्ने देश वा ठाउँमा Psychiatrist वा तपाईंको regular doctor (P*P, GP) हुन जरुरि हुन्छ।
२; Counseling online video बाट हुनेछ। तपाईंले रोजेको व्यक्ति सहभागी हुनु हुनेछ।
२; Evaluation + 4 Follow up Counseling Sessions हुनेछ।
३; नाम परिवर्तन गरेर आउन सक्नु हुन्छ। अनुहार देखाउन पर्दैन। यो counseling session को शुल्क लाग्छ ।
[[थप जानकारीको लागि तलको link मा जानुहोला]]
Link: https://www.facebook.com/profile.php?id=61555916652820